प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर

काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेकोबैठकले चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएको छ । उनको ठाउँमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस
गरेको छ । 

राजदूत पौडेल बालुवाटार जग्गा घोटाला लगायत विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको भनी प्रचारित छन् । विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका व्यक्तिलाई राजदूत बनाएको भनी चीनले लिलामणीप्रति असन्तुष्टि जनाउँदै आएको बुझिन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यरोपणको अघिल्लो दिन बसेको मन्त्रिपरिषद्ले नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा स्थगित गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद्ले कोरोना भाइरसको विश्वव्यापी महामारीलाई ध्यानमा राख्दै सगरमाथा संवाद् सिरिजको कार्यक्रम पनि रोक्ने निर्णय गरेको छ । 

त्यसैगरी मन्त्रिपरिषद्ले केही मन्त्रालयका सचिवहरुको सरुवा गरेको स्रोतको दावी छ । कोरोना महामारीलाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले अन अराइभल भिसा नदिने निर्णय पनि गरेको छ । त्यसैगरी मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयको सचिवमा यादवराज कोइरालालाई लगेको छ । उनी संघीय मामिला मन्त्रालयमा थिए । 

स्वास्थ्य मन्त्रालयका सचिव रहेका खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा लगिएको छ ।

तपाईको प्रतिक्रिया