प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी

काठमाडौं । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’

तपाईको प्रतिक्रिया