प्रचण्ड: देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ? विश्वप्रकाश : ७० हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने ?

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की -२ मा नेपाली कांग्रेसले ७७ वर्षे उम्मेदवारलाई चुनावमा उतारेको भन्दै आलोचना गरेका छन्।

प्रचण्डः हाम्रो प्रधानमन्त्रीलाई कहिले काहीँ विदा दिनुपर्छ भन्नेहरुले विचरा ७७ कटेको बूढालाई, जो अब देवघाट तिर जानुपर्ने मान्छेलाई ध्यान गरेर ज्ञान सिक्न पर्ने मान्छेलाई आपूm अघि सार्ने अनि ६५ वर्षको जवानलाई रेष्ट गर्ने भन्न मिल्छ त ?

प्रचण्डले पोखरामा आज चुनावी सभालाई सम्बोधन गर्दा देवघाट जानुपर्ने उमेरका व्यक्तिलाई चुनावमा उठाएको भन्दै व्यङ्ग्य गरेपछि नेपाली कांग्रेसका प्रवताले टुइटरमा प्रचण्डलाई ७० को हारकारीको चाहिँ प्रधानमन्त्री बन्न हुने ? भन्ने प्रतिप्रश्न गरेका छन् ।
विश्वप्रकाश शर्माः देवघाट पठाउने उमेरमा सांसद ? प्रचण्डले आज पोखरामा भन्नूझभो कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो र ? ७० कटेका ट्रम्प अमेरिकाको रास्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपि कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?

तपाईको प्रतिक्रिया