नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली अनुपस्थित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बालुवाटारमा  जारी छ । अहिले स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । तर, दोस्रो दिनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुहुन्न । । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षयता गरिराख्नु भएको छ । आजको बैठकमा स्थायी कमिटीका सदस्यहरुले सरकारको कामकारबाही, कोरोना महामारी नियन्त्रण तथा रोकथाम, भारतसँगको सीमा समस्या, पार्टी एकताका बाँकी कामलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । बालुवाटार स्रोतले भन्यो, सरकारको महत्त्वपूर्ण काममा सहभागी हुनुपर्ने भएका कारण अध्यक्ष ओली बैठकमा उपस्थित हुनुहुन्न ।

तपाईको प्रतिक्रिया