दोलखा भीमसेनलाई ‘पसिना’

दोलखा बजारस्थित भीमेश्‍वरको शीलामा ‘पसिना’ आएको भन्दै मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ । बिहीबार बिहान साढे ६ बजेदेखि ‘पसिना’ देखिएको भन्दै भीमेश्‍वरको शीलालाई पूजारीले चम्मरले हम्कने, कपासले पसिना पुछ्‍न थालिएको छ । कालो शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्‍न थालेको अवस्थालाई ‘भीमेश्‍वलाई पसिना आएको’ भन्ने गरिन्छ। पसिना पुछेको कपास र पछि क्षमापूजा गरिएको प्रसाद पहिले राष्ट्रप्रमुखका रुपमा राजा कहाँ पुर्‍याउने चलन थियो अहिले भने त्यो राष्ट्रपति कहाँ पुर्‍याइन्छ । वि.सं. १९९० पछिका दिनहरुमा भीमेश्‍वरमा पसिना आएपछि कपास र प्रसाद राजासमक्ष पुर्‍याउन थालिएको हो।

पछिल्लोपटक २०७४ असोज २ गते पसिना आएको समाचारहरु छापिएका छन्।
१९९० सालपछि कम्तीमा १५ पटक पसिना आएको अभिलेख भीमेश्‍वर मन्दिर व्यवस्थापन समितिसँग छ।

तपाईको प्रतिक्रिया