दाङपछि सबैभन्दा जाडो काठमाडौंँमाः मौसम विभाग

काठमाडौंमा यस वर्षअन्तर्गत आज बुधबार० अहिलेसम्मकै चिसो महसुस गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मापन गरिएको तापक्रमअनुसार दाङपछि देशभरमै कम तापक्रम काठमाडौंमा देखिएको हो।

बिहान ८ः४५ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेन्टिग्रेडमा झरेको हो। यही समय लिइएको दाङको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सिय छ।

योपछि सबैभन्दा कम न्यूनतम तापक्रम काठमाडौंकै भएको मौसमविद्ले बताएका छन्।

यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको अहिलेसम्मको सबैभन्दा कम तापक्रम हो। यसअघि मंगलबार पुस ८ गते यहाँको न्यूनतम तापक्रम ३.२ डिग्री थियो।

त्यसैगरी, ओखलढुंगामा ४, पोखरा र विराटनगरको समान ९, भैरहवा १०.८ सिमरामा ६.५, धनकुटा १२.५ डडेल्धुराको १२ डिग्री सेन्टिग्रेड छ।

तपाईको प्रतिक्रिया