गण्डकी प्रदेश : मानसिक स्वास्थ्यको क्षेत्रमा एक वर्षभित्र परिवर्तन हुन्छ


गण्डकी प्रदेशमा अबको एक वर्षभित्र देखिने गरि परिवर्तन हुने त्यहाँका सरोकारवालाहरुले बताएका छन् । इमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ द टाउनमा कुरा गर्दै उनीहरुले अब गण्डकी प्रदेशमा एक वर्षभित्र मानसिक स्वास्थ्यसँगै अरु सबै प्रकारको स्वास्थ्य सेवामा उल्लेख्य परिवर्तन आउने बताएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले भन्नुभयो, अब मानसिक स्वास्थ्य हाम्रो पहिलो प्राथमिक विषय हो । यसमा अब हामी दरबन्दी सिर्जना गर्ने र गण्डकी प्रदेशका सबै जिल्लाहरुमा कम्तिमा डाक्टरहरु पु¥याउँने प्रतिबद्धता व्यक्त गछौं, डा. शर्माले भन्नुभयो, मानसिक स्वास्थ्य सेवालाई गण्डकी प्रदेशको सबै जिल्लाहरुमा उपचार हुने प्रबन्ध र स्तरोन्ती गर्ने कार्य अब यही वर्षभित्र हुन्छ । सामाजिक कंलको रुपमा रहेको मानसिकतालाई अब हटाउनु पर्ने कुरामा पनि लागिरहेको उहाँले बताउनु भयो । कार्यक्रममा अन्य सरोकारवाला निकायले पनि अब मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम यहाँ हेर्न सक्नुहुन्छ

कार्यक्रम यहाँ हेर्न सक्नुहुन्छ

तपाईको प्रतिक्रिया