कोरोनाभाइरसः अहिलेसम्मको अवस्था के छ ?

  • ५० भन्दा बढी देशमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको छ
  • अहिलेसम्म ८३,६५० जनालाई सङ्क्रमण भएको छ र २,७९१ जनाको मृत्यु भएको छ
  • बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छ
  • जापानको समुद्र किनारमा भएको डायमन्ड प्रिन्स नामक जहाजमा सवार एक ब्रिटिश यात्रुको मृत्यु भएको छ
  • संसारभरका ठूला शेअर बजारहरू ओरालो लागेको छ
  • इरानमा बिहीवार रातीसम्म कम्तीमा २१० जनाको मृत्यु भएको बताइएको छ जुन सरकारले पुष्टि गरेभन्दा छ गुणा बढी हो .
  • कोभिड १९ बाट संक्रमित वासिंगटनका ५० वर्षीय व्यक्तिको शनिबार मृत्यु

BBC

तपाईको प्रतिक्रिया