काठमाण्डौमा होली नखेल्न सर्वसाधारणलाई स्थानीय प्रशासनको आग्रह

कोरोना भाइरसको संक्रमणको स्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई अपील गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको संक्रमण हुनसक्ने मुलुकको रुपमा रहेको वताएपछि देशभर उच्च सर्तकता अपनाइएको छ ।

जिल्ला प्रशासनले होली नखेल्न, भिडभाडयुक्त थलोमा नजान , भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले होली नखेल्न सर्वसाधारणमा अपील गरेको हो ।

तपाईको प्रतिक्रिया