ओली-प्रचण्ड आआफ्नो अडानमा टसमस भएनन्, सचिवालय बैठक बस्ने वा स्थायी कमिटी भन्नेमै विवाद

१९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता आज पनि निष्कर्षबिहीन भएको छ । सोमबारको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए। बालुवाटार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद समाधानका लागि सचिवालय बैठक र अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता खनालले भने स्थायी कमिटीबाटै समस्याको समाधान खोजिनु पर्ने जवाफ दिएका छन्।

तपाईको प्रतिक्रिया