आज पनि बढ्यो डलर, दिनार र दिर्हामको मूल्य, हेर्नुहोस्

काठमाडौं, २१ असोज । आज आईतबार विदेशी मुद्राको मूल्य ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले हिजो शनिबार तोकेको विनिमय दर अनुसार हिजो शनिबारको तुलनामा आज डलरको भाउ झन् बढेको हो। आज युएस डलर एकको खरिददर ११७ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ११८ रुपैयाँ ३३ पैसा रहेको छ। हिजो डलरको भाउ ११७ रुपैयाँ ४३ पैसा रहेको थियो।

त्यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ र बिक्रिदर ३२ रुपैयाँ ५० पैसा छ। युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र बिक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ।

यसैगरी कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४२ पैसा र बिक्रिदर १० रुपैयाँ ४७ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ६३ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया