आगामी असारभित्र सुन्दरीजलमा पानी आउने पक्का: कार्यकारी निर्देशक, मेलम्चीको काम सम्झौताभन्दा २ महिना अघि सक्छौं– सिनो हाइड्रो

राष्टिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम तीव्र रुपमा अघि बढिरहेको छ । अहिले स्थायी ड्याम निर्माण तथा टनेल फिनिसिडको काम भइरहेको हो । साथै मेलम्चीको मुहानमा अस्थायी ड्याम निर्माणको कामपनि सुरु गर्न लागिएको आयोजनाले जनाएको छ । अस्थायी ड्याम निर्माणको काम अबको साँढे २ महिनामा सकिने छ भने स्थायी ड्याम निर्माण १५ महिना भित्रमा सक्नु पर्नेछ । टनेल फिनिसिडको काम पनि अबको ३ महिना भित्र सकिने ठेकेदार कम्पनी सिने हाइड्रोल ेबताएको छ ।


मेलम्चीको पानी सुन्दरीजल झार्ने मिति यस अघि नै पटक–पटक निर्धारण गरिए पनि सम्भवन भएको अवस्थामा आयोजनाले अव चाहि आगामी असार भित्र जसरी पनि पानी आउने दावी गरेको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश कुमार खत्रीले भन्नुभयो, “नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार यहीँ असार मसान्तभित्र काम सक्ने गरी नीति निर्माण गरेर अगाडि बढिएको छ ।”


मेलम्ची खानेपानी आयोजना हेर्ने एसियाली विकास बैकका प्रोजेक्ट इन्चार्ज सौगत दास गुप्ताले अहिलेको कार्य प्रगतिबाट आफुहरु सन्तुष्ट रहेको प्रतिक्रियादिएका छन् ।


इटालिएन कम्पनी सिएमसीले निर्माणकार्य छोडेपछि बाँकी कामको जिम्मेवारी लिएको चाइनिज कम्पनी सिनो हाइड्रोले सम्झौता मितिभन्दा दुई महिना अघि नै काम सम्पन्न गर्ने दाबी गरेको छ । सिनो हाइड्रो कम्पनीका वाङ्गले भने, “हामी तोकिएको समयभन्दा दुई महिना अगाडि काम सक्ने प्रयास गरिरहेका छौं ।”


सिनो हाइड्रोले समय अघि नै काम सम्पन्न गरेमा बोनस रकम समेत दिने सरकारले जनाएको छ । सिएमसी कम्पनीले काम छोडे पछि सरकारले बाकीँ ड्याम निर्माणको लागि १ अर्व २ करोड तथा टनेल फिनिसिङको लागि ८५ करोडमा चाइनिज कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएको हो ।

तपाईको प्रतिक्रिया