अमेरिकी चुनाव: ट्रम्प र बाइडनले पहिलो पटक गरे आमनेसामने बहस

बीबीसी, संयुक्त राज्य अमेरिकामा नोभेम्बर महिना हुन लागेको राष्ट्रपतीय चुनावअघि दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडनबीच पहिलो प्रत्यक्ष बहस सकिएको छ।

ट्रम्पले कर छलेको भन्ने खालको समाचार सार्वजनिक भएका बेला उक्त बहस सुरु भएको थियो।

बाइडनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका छन्।

त्यसमा उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिन्छ।मतदातालाई कस्तो सन्देश?

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर लेख्छन्-

यदि यस बहसबाट ट्रम्पले अमेरिकीहरूलाई केही सन्देश दिन चाहन्थे भने त्यो ‘देशले झेलेका समस्याहरू समाधान गर्न बाइडनसँग सार्वजनिक जिम्मेवारीमा रहँदाको झण्डै आधा शताब्दी समय थियो’ भन्ने हो।

ती समस्याहरू अमेरिकामा अझै छन् भन्ने उक्त भनाई रहेको भिडि‌ओको अंश बहस जारी रहेकै बेला राष्ट्रपतिको ट्विटरबाट प्रेषित गरिएको थियो।

ट्रम्पले बाइडनलाई भने: “मैले ४७ महिनामा तपाईँले ४७ वर्षमा गरेको भन्दा धेरै काम मैले गरेको छु।”

बाइडनको जवाफ पछि बहसमा देखिएको थियो।

उनले भनेका थिए: “यी राष्ट्रपति अन्तर्गत रहेर हामी कमजोर, रोगी, गरिब र थप विभाजित भएका छौँ।”

महत्त्व

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्त्व दिने गर्छन्।

ओहायोको क्लिभल्यान्डबाट प्रत्यक्ष प्रसारण भइरहेको उक्त बहस लाखौँ मानिसले हेर्ने अपेक्षा गरिएको थियो।

कोरोनाभाइरसका कारण उक्त स्टुडियोमा भने केही मानिसहरू मात्र सहभागी भएका थिए। बहसमा पन्ध्र-पन्ध्र मिनेटका ६ वटा भाग थिए।

त्यसमा अर्थतन्त्र, कोरोनाभाइरस र सर्वोच्च अदालत लगायतका विषयमा बहस केन्द्रित भएको थियो।

हालै उनले सन् २०१६ मा मात्र ७५० डलर आयकर तिरेको सार्वजनिक भएको थियो।

कोरोनाभाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाइकन बहस सुरु भएको थियो।

तपाईको प्रतिक्रिया